स्थानीयस्तरमा उत्पादन हुने सामाग्रीको प्रयोग गर्न व्युटिसियनहरुलाई मन्त्री श्रेष्ठको आग्रह ।

राधाकृष्ण डुम्रे
वालिङ, पुस २३ गते ।
गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले स्थानीयस्तरमा नै उपलव्ध र उत्पादन हुने सामाग्रीहरुको प्रयोग गर्न व्युटिसियनहरुलाई आग्रह गर्नु भएको छ । उहाँले भन्नुभयो,“स्थानीयस्तरमा नै उत्पादन हुने सामाग्रीहरु सौन्दर्यको लागि प्रयोग गर्न सकिन्छ,जसले गर्दा पैसा बाहिर जानबाट रोक्न सम्भव हुन्छ ।”
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको वार्षिक स्वीकृत कार्यक्रम अनुसार ‘सक्षम महिला समानान्तर पाइला कार्यक्रम’ अन्तर्गत महिला उद्यमशिलता कार्यक्रम अनुशार वालिङका व्युटिसियनहरुको दक्षता तथा सीप बृद्धिका लागि सञ्चालन गरिएको तालिममा बोल्दै मन्त्री श्रेष्ठले महिलाहरुलाई उद्यमी र व्यवशायीक बनाउन प्रदेश सरकारले काम गरिरहेको जानकारी दिनुभयो ।
ग्राहकलाई सन्तुष्ट नबनाउदा सम्म जुनसुकै व्यवशाय पनि फस्टाउन नसक्ने भन्दै मन्त्री श्रेष्ठले जुनसुकै काम गर्दा प्रतिबद्ध भएर गर्नु सुझाव दिनुभयो ।
सीप सिक्ने मात्रै होईन त्यसलाई व्यवहारमा उतार्न मन्त्री श्रेष्ठको आग्रह छ । प्रदेश सरकारले ८ फरक फरक बिधामा महिलाहरुलाई उद्यमी बनाउन र सक्षम बनाउनका लागि काम गरिरहेको उहाँको भनाई छ ।
तालिमको समापन कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले समाजको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो,“स्वरोजगार बन्दै आर्थिक रुपमा सबैले योगदान गर्न सके मात्रै समाजको उन्नती हुन सक्दछ ।”
कार्यक्रममा वालिङ नगरपालिकाका प्रवक्ता एबं वडा नं. १ का अध्यक्ष पदमराज गुरुङ,व्युटिसियन एसोसिएसन गण्डकी प्रदेशका उपाध्यक्ष चुत्रकुमारी थापा, व्युटिसियनहरु विना गुरुङ,बर्षा पंगेनी लगायतले बोलेका थिए ।
तालिममा वालिङका २५ जना व्यावसायीक व्युटिसियनहरुको सहभागीता रहेको एडभान्स ईरा व्यसटिपार्लर एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक तथा तालिम संयोजक पुष्पा अर्यालले जानकारी दिनुभयो ।
सात दिन सम्म सञ्चालन भएको तालिममा मोडल मेकअप,फेसन मेकअप, ब्राइडल मेकअप,रिसेप्सन,ईन्गेजमेन्ट मेकअप तथा रसियन हेयर जुरो लगायतका अत्याधुनिक शैलीहरु सिकाईएको अर्यालले जानकारी दिनुभयो ।
कार्यक्रम पुस्पा अर्यालको अध्यक्षता र पमिला गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…