देउसीभैली खेलेर जम्मा गरेको पैसाले न्यानो कपडा र खाद्यान्न वितरण ।
राधाकृष्ण डुम्रे,
स्याङजा,पुस ७ गते ।
ब्यूटिपार्लर एसोसिएसन स्याङ्जाले देउसी भैलो खेलेर संकलन गरेको रकमबाट आश्रमका बृद्धबृद्धा र अतिविपन्न परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।
एसोसिएसनका वालिङका सदस्यहरुले तिहारको समयमा देउसी भैलो खेलेर जम्मा गरेको एक लाख ४० हजार रकमबाट सहयोग गरिएको हो । वालिङमा रहेका २८ जना ब्यूटिसियनहरुले भैलो खेलेर सो रकम जम्मा गरेका हुन्
एसोसिएसनले चापकोट नगर पालिका वडा नं. ६ केलादीघाटमा मा रहेको राधा दामोदर मन्दिरको बृद्धाश्रममा आएका ३० जना महिला र २ जना पुरुष जेष्ठ नागरिकलाई एक लाख बराबरको सामाग्री वितरण गरिएको ब्यूटिपार्लर एसोसिएसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालले जानकारी दिनुभयो ।
यस्तै सोही वडाका चार जना अतिविपन्न दलित समुदायका परिवारलाई समेत ४० हजार बराबरको खाद्यान्न र न्यानो कपडा वितरण गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

ब्यूटिसियन पेशामा आवद्ध महिलाहरुलाई समाजमा हेर्ने नजर अझै पनि सकारात्मक नरहेको भन्दै त्यसलाई परिवर्तन गर्न आफूहरुले सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष अर्यालले बताउनु उहाँले सहरमा भन्दा गाँउमा यो पेशामा संलग्न महिलाहरुलाई हेर्ने नजर परिर्वतन गर्न आफूहरुको ध्यान गएको बताउनु भयो ।
गएको बर्ष पनि रामनदीधाम राम्दीमा बस्दै आएका बृद्धबृद्धालाई सहयोग गरेको जानकारी गराउदै अध्यक्ष अर्यालले पेशासँगै सामाजिक कार्यलाई समेत निरन्तर जोडिरहेको जानकारी गराउनु भयो ।
बिभिन्नि पक्षको सहयोग र सहकार्यबाट बृद्धाश्रममा बस्दै आउनु भएका जेष्ठनागरिकको जीवनयापनमा सहज भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीको भनाई छ ।

मन्दिरको आश्रममा बस्दै आउनु भएका बृद्धबृद्धाको संरक्षण र पालनपोषणका लागि नगरपालिका र वडा कार्यालयबाट सहयोग गरिदै आएको वडा अध्यक्ष तारादेवी पोख्रेलले बताउनु भयो ।
ब्युटिपार्लर एसोसिएसनको सकारात्मक कार्यमा सहयोगी बन्दै न्यानोकपाडा र खाद्यान्न हस्तान्तरण गर्न पुग्नु भएका वालिङ नगरपालिकाका प्रवक्ता एबं वडा नं १ का अध्यक्ष पदमराज गुरुङले आफ्नो पेशा तथा व्यवशायसँगै सामाजिक कार्यलाई निरन्तरता दिनु उदाहरणीय कार्य भएको बताउनु भयो ।
कार्यक्रममा वडा नं ७ अध्यक्ष मोहन केसी, मन्दिर को जग्गादाता स्थानीय समाजसेवी मून शाह, मन्दिरकाउत्ताधिकारि कृष्ण सरण सिक्देल,एसोसिएसनका सचिव पमिला गुरुङ लगायतले बोल्नु भएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


