स्याङ्जामा बस र मोटरसाईकल ठोकिदा एक जना गम्भिर घाईते ।
स्याङजा, असोज १९ गते ।
स्याङ्जाको वालिङमा बस र मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना हुदा एक जना गम्भिर घाईते भएकाछन् ।
पोखराबाट लुम्बिनीका लागि छुटेको प्रदेश नं ३ ०१–००१ प १५८१ नम्वरको बस र गल्याङबाट वालिङका लागि छुटेको लु ७७ प ८८४३ नम्वरको मोटरसाईकल सिद्धार्थ राजमार्गको वालिङ १० को आम्वोटमा एक आपसमा ठोकिएका हुन् ।
दुर्घटनामा परि मोटरसाईकल चालक गल्याङ ८ का २७ बर्षीय सरोज उपाध्याय गम्भिर घाईते हुनु भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । उपाध्यायको टाउको र हातमा गम्भिर चोट लागेको र थप उपचारका लागि पोखरा पठाईएको प्रहरीको भनाई छ ।
यसैबीच अविरल बर्षाको कारण यस बर्षको दशै अस्तव्यस्त भएको छ भने आफन्तकोमा टिका थाप्न जानेहरु पनि समस्यामा परेकाछन् । राममार्ग अवरुद्ध छैन तर जिल्लाका ग्रामिण सडक भने पूर्ण रुपमा अस्तव्यस्त भएकाछन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …