शिशिर पंगेनीको उपचारका लागि दियालो संस्थाद्वारा ५० हजार सहयोग

स्याङ्जा १८ भदौ ।
रक्त क्यान्सर भए पछि उपचाररत रहेका वालिङ नगरपालिका वाड नं १० का शिशिर पंगेनीलाई सहयोग आउनेक्रम जारी नै रहेको छ । पंगेनीको सिभिल अस्पताल मिनभवनमा उपचाररत भईरहेको छ । उहाँको वोनम्यारो प्रत्यारोपण गर्न ठूलो धनराशि खर्चनु पर्ने भएकाले परिवारले सहयोगको अपिल गरेपछि यतिवेला शिशिरको उपचार खर्चका निम्ति देश तथा विदेशवाट सहयोग आईरहेको छ ।
यसैबीच दियालो संस्थाका पदाधिकारी तथा कर्मचारीहरूवाट शिशिरको उपचारको लागि रू ५० हजार पाँच रुपैया प्रदान गरिएको छ ।
संस्थाको उपस्थितीमा वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले शिशिरका आफन्त बुद्धि पंगेनीलाई रकम हस्तान्तरण गर्नु भएको हो ।
शिशिरको उपचारमा सहयोग होस भन्ने हेतुले संस्थाका पदाधिकारी तथा कर्मचारीहरुबाट संकलित रकम परिवारलाई हस्तान्तरण गरिएको संस्थाका कार्यबाहक अध्यक्ष सीतादेवी पंगेनी गैह्रेले जानकारी दिनुभयो ।
शिशिरको उपचारको लागि खर्च जुटाउन अभियान अन्तर्गत उहाँकै नाममा मुक्तिनाथ विकास बैंकमा खाता खोलीएको छ भने लक्ष्मी बैंकमा अर्काे खाता खोलिएको छ ।
पंगेनीको मुक्तिनाथ विकास बैंकको खाता नं ०४८२२३००९०३४२४०००००१ र लक्ष्मी बैंकको खाता नम्वर ०३२२००४१५४५ मा सहयोग गर्न सकिने परिवारले जनाएको छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP