स्याङ्जाको करेण्डाँडामा तिज उत्सब
प्रकाश डोटेल,
स्याङ्जा, १५ भदौ :
नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा पुतलीबजार नगरपालिका ११ को स्थानीय करेण्डाँडा युवा क्लबको आयोजनामा तिज उत्सब सम्पन्न भएको छ । उत्सबमा घैटो फुटाउने, नृत्य र कुर्चि दौड तथा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।
उत्सबको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले हिन्दु धर्मालम्बीले प्राथमिकतामा राखेर मनाउँदै आएको तिज पछिल्लो समय नेपाली महिलाहरुको साझा पर्वका रुपमा विकसित बन्दै गएको बताए । कला, संस्कृति र धर्मको संरक्षणमा नेपालीहरु एकजुट हुनुपर्नेमा उनले जोड दिएका थिए ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले धर्मका नाममा हुने विभेदको अन्त्य गर्दै सम्मुन्नत समाज निर्माण सरकारले सक्दो काम गरेको बताए । प्रदेश सरकारले सबै धर्ममा आस्थावानहरुको समुचित विकासमा ध्यान दिएको समेत उनले जिकिर गरे ।
तिज गित प्रतियोगितामा विश्वशान्ति आमा समूह र चक्रदेबी आमा समूह उत्कृष्ट भएका थिए । प्रतियोगितामा उत्कृष्ट टिम तथा समूहलाई नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । सो अवसरमा मृगौला रोगी बागमती गुरुङलाई आयोजकले उपचारार्थ १० हजार नगद समेत सययोग गरेका थिए ।
क्लबका अध्यक्ष बिशाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव रामकृष्ण सापकोटाले गरेका थिए भने स्वागत मन्तब्य क्लबका उपाध्यक्ष बिक्रम पराजुलीले गरेको युवा अभियान्ता ईश्वरबन्धु अर्यालले जानकारी दिए ।
विगत वर्षदेखि क्लबले स्थानीयस्तरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । तिजका अवसरमा लामो समयदेखि क्लबले प्रतियोगितालाई निरन्तर संचालन गर्दै आएको क्लबका अध्यक्ष पराजुलीले जानकारी दिए ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


