गतिशिल रमाईलो तीज गित मेला २०७९ सम्पन्न ।
वालिङ :
गतिशिल महिला बहुउद्देश्यीय सहकारी संस्था वालिङ ८ को आयोजनामा खुल्ला रमाईलो तीज गित मेला २०७९ सम्पन्न भएको छ । प्रतियोगिताको उद्दघाटन ब्रम्हकुमारी विश्व विद्यालय वालिङकी प्रमुख कविता नेपालले गर्नुभएको हो ।
प्रमुख नेपालले परम्परादेखि मनाईँदै आईएको तीज पर्वको रहस्यका बारेमा जानकारी गराउनुभएको थियो । साथै उहाँले तीज लगायत विभिन्न पर्व मनाउँदा व्यक्तिलाई धार्मिक रुपमा सक्षम बनाउने बताउनुभयो । तिजको ब्रत महिलाले मात्रै नभएर पुरुषले पनि लिनुपर्ने भन्दै ब्रत धार्मिक र बैज्ञानिक दृष्टिकोणले महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रम वालिङ पोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष ल्या.यामबहादुर गुरुङ, वालिङ नगरपालिका पशु शाखाका अधिकृत देवकुमारी श्रेष्ठ, गायक अर्जुन गैह्रेलगायतले बोल्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार अर्जुन गैह्रेलगायत स्थानीय कलाकारहरुले सांस्कृतिक प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष एबं वालिङ नगरउपप्रमुख कविता तिवारी गैह्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत पुर्णकला वस्ती र संचालन इन्दिरा अधिकारीले गर्नुभएको छ । कार्यक्रममा नृत्य प्रस्तुत गर्ने र आफ्नै लय शब्दमा गित गाउने दर्शक उत्कृष्ठलाई पुरस्कृत गरिएको थियो भने सहभागिलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
झण्डै ९ हजार महिला सदस्य रहेको सहकारीले प्रत्येक बर्ष तीज बिशेष मेला गर्दै आएको जनाएको छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …