पेट्रोलमा प्रतिलिटर २१ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँ बढ्यो

काठमाण्डाै – सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धी गरेको छ ।
डिजल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्य गएराति १२ बजेदेखि लागू भएको नेपाल आयल निगमले जनाएको छ ।
यससँगै एक लिटर पेट्रोलको मूल्य १ सय ९९ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजल र मट्टीतेल किन्न १ सय ९२ रुपैयाँ तिर्नुपर्ने भएको छ ।
निगमले हवाई इन्धनमा पनि आन्तरिकतर्फ १९ रुपैयाँले बढाएर १ सय ८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने एक सय अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने नबढाइएको निगमले जनाएको छ।
विचित्र संसार
थप सामाग्री
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
४ महिना अगाडि
एजेन्सी: | क्रिष्टोफर कोलम्बस सुन र मसलाका लागि एसियाको खोजीमा घरबाट निक्लेका थिए । तर उनले पत्ता लगाए अमेरिका । यस्तै…