अविरल वर्षाको कारण धन्सार भत्किदा गल्याङमा एक किसोरीको मृत्यु ।
वालिङ, असार १६ गते ।
अविरल वर्षाको कारण धन्सार भत्किदा स्याङ्जामा एक किसोरीको मृत्यु भएको छ । गल्याङ नगरपालिका वडा नं.१० डुविनडाँडाका ढाकाराम भट्टराईको धन्सार (गोठेघर) भत्कदा उहाँकी छोरी १२ बर्षीय रेखा भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिब बहादुर बस्नेतले जानकारी दिनुभयो ।
आज बिहान साढे ६ बजे धन्सार भत्कदा घाईते भएकी भट्टराईलाई उपचारका लागि गल्याङ लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परि १६ वर्षीय लक्षमण भट्टराई घाइते हुनु भएको छ ।
गोठ भत्किदा १ लैनोभैसी, २ वटा पाठा पुरिएरको स्थानीयबासी गुरु प्रसाद खनालले जानकारी दिनुभयो ।
अविरल बर्षाका कारण जिल्लाका अधिकांश ग्रामणि सडक अवरुद्ध भएकाछन् भने जनजीवन पनि प्रभावित भएको छ । Pic -Tikaram Adhikari
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


