नविल बैंक वालिङ शाखाद्वारा राहत रकम प्रदान
प्रकाश डोटेल/
स्याङ्जा, जेठ ७ :
नविल बैंक लिमिटेड वालिङ शाखा कार्यालयले सेवाग्राहीलाई राहत रकम प्रदान गरेमने छ । घातक रोग लागेमा तथा मृत्यु भएमा सेवाग्राहीलाई राहत स्वरुप लपलब्ध गराउने रकम स्याङ्जाको एक परिवारलाई प्रदान गरेको हो ।
चापाकोट नगरपालिका ३ दिसिङ्कोटकी कृष्ण कुमारी सारुका श्रीमान श्याम बहादुर थापालाई उक्त रकम प्रदान गरिएको छ । सारुको उपचार खर्च ३ लाख रुपैयाँ र क्रिया खर्च वापत ७५ हजार गरी ३ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको बैंकका शाखा प्रमुख विशाल बरालले जानकारी दिए ।
बैंकले घातक रोग लागेमा उपचार खर्च ३ लाख र मृत्यु भएमा क्रिया खर्च वापत ७५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । बैंकले दिएको जानकारी अनुसार १६ वर्षदेखि ६५ वर्ष उमेरका सेवाग्राहीले खातामा न्यूनतम ३५ हजार जम्मा गरेमा राहत स्वरुप रकम पाउने छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


