यस कारण चर्चित छ वालिङ नगरपालिका र यसका तत्कालिन मेयर दिलिपप्रताप खाँण ।

dilip khand-news

वालिङ, बैशाख २४ गते :

स्याङ्जाको वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको चरणमा छ । लक्ष्य प्राप्तिका लागि नगरपालिका बीस वर्षे बृहत्तर योजना, पाँच वर्षे आवधिक योजना र एक वर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ ।
देशका १३ शहरलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने घोषणासँगै वालिङलाई पनि समावेश गरी काम अगाडि बढिरहेको छ ।
वालिङ नगरपालिका र यसका निवर्तमान् चर्चित मेयर दिलिपप्रताप खाँण देशभर चर्चित हुनुहुन्छ । नगरपालिका र खाँण यसै चर्चित भएको भने होईन आफ्नो कामको कारण नै चर्चित भएको हो ।
१३ शहरलाइ ‘स्मार्ट सिटी’ बनाउने सरकारले घोषणा गरेको भए पनि वालिङले मात्रै आफ्नो योजना बनाएर सरकार समक्ष पेश गरेको पालिकाले जनाएको छ ।

मुख्य के के काम भयो त वालिङमा :

पाँच वर्षको अवधिमा विशेष गरी वालिङलाई स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरुको योजना बनाई सडक, खानेपानी, सिञ्चाइ, सञ्चार सञ्जाल (फाइबर लाइन) का कार्य भएका वालिङका निवत्मान् नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनु भयो । उहाँका अनुशार आधारभूत आवश्यकताका रुपमा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण गर्ने कार्य भएका छन् । आँधीखोला नियन्त्रण गर्ने, आँधीखोलाका दुवै किनारमा करिडोर निर्माण, नगरभित्रका सडक सुरक्षित गर्ने र विपद् न्यूनीकरण गर्ने कार्य भएका छन् । इनोभेसन सेन्टर, इन्कुवेशन सेन्टर, मेन्टर सिस्टम स्थापना भएका छन् । सुशासनका विभिन्न आयाममध्ये कानून, ऐन, नियमावली, निर्देशिका र कार्यविधि ६१ वटा निर्माण भई कार्यान्वयनमा रहेका छन् । डिजिटल प्रविधिको विकास गर्दै ‘गुड गभर्नेन्स’ स्थापित भएको छ । आर्थिक विकासका लागि स्वरोजगार सिर्जनाका लागि सीप हस्तान्तरण, लगानीको वातावरण र बजारीकरणको ब्यवस्था अगाडि बढेको छ उहाँको भनाई छ ।
नगरपालिकामा विकास निर्माणको स्पष्ट खाका तयार गरी भौतिक पूर्वाधारका कार्य गरेको खाँणको भनाई छ । सडक विस्तार, सडकको स्तरोन्नति, स्वास्थ्यको पहुँच विस्तार, विपन्न वर्गका नागरिकलाई निशुल्क स्वास्थ्य बीमा, शुद्ध प्रशोधित खानेपानी, व्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता, औद्योगिक ग्राम निर्माण कार्य भईरहेको खाँणले बताउनु भयो ।
नगरपालिकाले एकीकृत बस्ती विकास, सरसफाइ, शिक्षामा गुणस्तर वृद्धि गर्नाका साथै आधुनिक प्रविधिलाई पछ्याउँदै कार्यसम्पादनमा सुधारसहित फड्को मारेका छ ।
वालिङको गन्तव्य भनेको ‘स्मार्ट सिटी’ हो, अहिले पाइला मात्रै चालेका छौं, यो पूरा हुन २० वर्ष लाग्ने अनुमान गरेका छौं । आशा छ, वालिङलाई तोकिएको अवधिभित्रै ‘स्मार्ट सिटी’ घोषणा गर्न सफल हुनेछौं उहाँको भनाई छ ।
समग्रमा कार्यसम्पादन मूल्याङ्कनका आधारमासमेत देशभरका ७५३ पालिकाहरुमध्ये वालिङ नगरपालिका अग्रपंक्तिमा छ भने फोहोर मैलाको ब्यवस्थापन, सेवा प्रवाह, बित्तीय सुशासन, विपद तथा वातावरण ब्यवस्थापन, उत्थानशिलताका क्षेत्रमा अग्रपंक्तिमा रही पुरस्कृत समेत भएको छ । देशैभरमा वालिङ प्रतिको नजर सकारात्मक छ ।

नगर उत्कृष्ट घोषित भए पछि ,तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट पुरस्कार ग्रहण गर्नु हुँदै दिलिपप्रताप खाँण

यस्त छन् नगरका गौरवका योजनाहरु :

नगरपालिकाले बीस वर्षे बृहत योजना, पाँचवर्षे आवधिक योजना र एक वर्षे रणनीतिक योजनाहरु बनाएको छ । स्मार्ट सिटी निर्माणका लागि आधारभूत विकासको शहर, स्वाबलम्बी शहर हुँदै बीस वर्षमा स्मार्ट सिटी निर्माण गर्ने योजनाअनुसार आफ्ना नीति तथा कार्यक्रम अगाडि सारेको छ । सोहीअनुसार हरेक वर्ष निर्धारित कार्यक्रमअनुसार आफ्ना प्राथमिकतालाई अगाडि बढाएको छ ।
पूर्वाधार निर्माण गर्दा तथा योजना बनाउँदा दूरगामी सोचका साथ अगाडि बढेको छ ।

पूर्वाधारहरुले आगामी नयाँ पुस्ताका लागि पछिसम्म धान्न सक्ने सडक सञ्जाल, खानेपानी प्रणाली, सिञ्चाइ प्रणालीमा दीगो विकासलाई लक्ष्य गरी योजना बनाएको खाँणको भनाई छ ।
वातावरणीय सुधार, नदी नियन्त्रण, नदीहरुमा करिडोर निर्माण, तालतलैया निर्माण, पानीको भूसतह उठान, प्राकृतिक चक्रीय प्रणालीको सन्तुलनका साथ आधुनिक स्वस्थकर हावापानी, शारीरिक परिश्रम गर्ने स्थलहरुको निर्माण गर्नाका साथै मानसिक सन्तुलनका लागि मनोरम पार्क निर्माणलाई नगरले प्राथमिकता दिएको छ ।
सुनौली–पोखरा सिद्धार्थ राजमार्ग वालिङ नगरपालिकाभित्र १२ किलोमिटर पर्छ । नगरपालिकाकै पहलमा सडक चौडा गरी ‘डेडिकेटेड टु लेन’ बनाउने कार्य पालिकाको पहलमा नै शुरु भएको छ ।

जिल्लाकै सभ्यता तथा धार्मिक आस्थासँग जोडिएको आँधीखोलाको दुवै किनाराबाट आँधीखोला करिडोर निर्माण भइरहेको छ भने नगरका विभिन्न वडाका गाउँमा बाह्रै महिना सवारी साधन सञ्चालनका लागि ग्रामीण सडक विस्तार तथा स्तरोन्नति गरिएको छ । चौध वटा वडामा एक अस्पतालसहित १८ वटा स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ ।

वालिङमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि जग्गा खरीद गरी निर्माण प्रक्रिया थालिएको छ । स्वच्छ र सफा शुद्ध खानेपानीका लागि वडावडामा खानेपानीका योजना सञ्चालन भएका छन् । आधुनिक प्रविधिलाई पछ्याउँदै आइटी र आइओटीका क्षेत्रमा धेरै अगाडि बढेका छौं ।

फोहोर मैला व्यवस्थापनमा देशकै उत्कृष्ट भई पुरस्कृत भएको र अहिले सोही ठाउँमा दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण भई सञ्चालनमा आएको छ ।
वालिङ– ९ सुर्कौंदीमा एकीकृत बस्ती विकास (नयाँ शहर) बसाल्नका लागि तयारीलाई अन्तिम चरणमा पु¥याइएको छ ।
कृषि तथा पशुपालनका क्षेत्रमा व्यवसायीलाई बीउपूँजी उपलब्ध गराएका छांै भने गाउँगाउँमा सहकारी गठन गरी सोहीमार्फत लगानीको व्यवस्था मिलाएका छौं । कोभिड १९ का कारण रोजगारी गुमाएकाहरुलाई लक्षित गरी ब्यावसाय प्रवद्र्धनकालागि स्टार्टअपकारुपमा अनुदान, सामग्री तथा तालीम, सीप हस्तान्तरण गरेका छौं । प्रत्येक विद्यालयलाई प्रविधिसँग जोडेका छौं ।

विशेषतः नगरपालिकाले क्वारेन्टिन र आइसोलेशनमा बस्दा विदेशबाट आएका व्यक्तिसँग उनीहरुका विचार, योग्यता र फर्किने नफर्किने जस्ता प्रश्न सोधी तथ्याङ्क सङ्कलन गरेका थियौं । तिनै नागरिकलाई लक्ष्य गरी नगरपालिकाले युएनडिपीसँगको सहकार्यमा पोष्ट कोभिड –१९ का कार्यक्रम सञ्चालन ग¥यौं । उनीहरुसँग रहेको सीप परिमार्जित गर्ने, नयाँ सीप हस्तान्तरण गर्ने, उत्पादन र स्वरोजगारमा संलग्न गराउने र उत्पादित वस्तुलाई बजारीकरणमा पनि सामेल गराउने जस्ता कार्य सञ्चालन गरिएका छन् । साथै उनीहरुले यहीँ केही उद्यम गर्न चाहेमा त्यसका लागि आवश्यक वातावरण मिलाइदिने र नगरपालिकाका तर्फबाट विनाब्याज बीउपूँजी उपलब्ध गराउनाका साथै बैंक तथा वित्तीय संस्था, नगरपालिका जमानी बसेर सस्तो र सुलभ ब्याजदरमा व्यावसायिक कर्जा उपलब्ध गराईएको छ ।

नगर उत्कृष्ट घोषित भए पछि , प्रधानमन्त्री शेर बहादुर देउवाबाट पुरस्कार ग्रहण गर्नु हुँदै दिलिपप्रताप खाँण

वालिङलाई स्मार्ट नगरपालिका बनाउनका लागि तयारी यस्तो छ :

वालिङ नगरपालिका स्मार्ट भईसकेको होईन । कहिलेकाँही सुन्ने गरिन्छ बाटोमा धुलो उडे स्मार्ट सिटीको धुलो, हिलो भए स्मार्ट सिटीको हिलो, खाल्टो भए स्मार्ट सिटीको खाल्टो, स्मार्ट सिटी आलोचना, टिप्पणी गर्ने विषय पनि बनाईएको खाँणको भनाई छ ।
वास्तवमा त्यो नभई वालिङलाई स्मार्ट सिटी बनाउने परिकल्पनास्वरुप अगाडि आएको कार्ययोजना हो उहाँको भनाई छ । स्मार्ट सिटी एउटा लक्ष्य हो, वालिङका नागरिकहरुको दीर्घकालीन सपना पनि हो । यो पूरा भईसकेको अवस्था नभई भर्खरै पाईला चालेको वा शुरुवाती चरण मात्रै हो । यसका लागि विभिन्न योजनाका साथ अगाडि बढेका छौं ।
वालिङको विकासलाई तीन चरणमा विभाजन गरेर पहिलो आधारभूत आवश्यकता पूर्ण गर्ने गरी आधारभूत सिटीका रुपमा १७ वटा दीगो विकास लक्ष्यसहितको शहरका रुपमा र अन्तमा स्मार्ट वालिङका रुपमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (आइओटी) को पूर्ण उपयोग गरी २० औं वर्षमा नेपालको सापेक्ष स्मार्ट वालिङका रुपमा घोषणा गर्नेछौं दिलिप खाँणको भनाई छ ।

सूचना प्रविधि :

नगरपालिकालाई स्मार्ट सिटी बनाउने क्रममा हाम्रा चार वटा पिल्लरमध्ये एउटा पिल्लर स्मार्ट गभर्नेन्स हो । यसका विभिन्न आयाममध्ये महत्वपूर्ण आयाम डिजिटल गभर्नेन्स हो । डिजिटल गभर्नेन्सका लागि आइटीको अधिकतम उपयोग हुनुपर्छ, हाउस सर्भेदेखि लिएर जिआइएस प्रणालीसम्म, जिपिएस सिष्टमदेखि लिएर एप्लिकेशनसम्मका सफ्टवेयर प्रयोगमा आइसकेको खाँणको भनाई छ ।
त्यसैले हरेक नागरिकको सेवा, रेकर्ड सिष्टम, कार्यशैली, नगरपालिकाका सम्पूर्ण कार्य डिजिटल डाटाका रुपमा उपयोग गरी सम्पूर्ण सेवालाई सूचना प्रविधिका माध्यमबाट उपलब्ध गराई पेपरलेसका रुपमा कार्य गर्दै शून्य कागजका रुपमा स्थापित गर्ने कार्य अगाडि बढिरहेका छन् ।
सेवाग्राही कुनै पनि सेवा लिनकालागि नगरपालिका कार्यालयसम्म आईरहनु नपर्ने गरी प्रविधिको प्रयोग शुरु गरेका छौं ।
घरमै बसेर नगरपालिका कार्यालय वा वडा कार्यालयबाट सेवा लिन सक्नुहुनेछ र विभिन्न गेटवेहरुको प्रयोग गरेर सेवा लिएबापतको भुक्तानी नगरपालिकालाई बुझाउन सक्ने ब्यवस्था मिलाईएको खाँणले जानकारी दिनुभयो ।

फोहोर मैलाका क्षेत्रमा देशमा नै उदाहरणीय काम :

वास्तवमा फोहोर भन्ने वस्तु नै नभएको भन्दै खाँणले फोहरलाई स्रोतका रुपमा प्रयोग भईरहेको जानकारी गराउनु भयो ।
उहाँका अनुशार हरेक वस्तुहरु अलगअलग ग¥यौं भने त्यो फोहर होइन स्रोत हो । सबै एक ठाउँमा मिसायौं भने त्यस्ता वस्तु फोहर हुन्छन् । नगरपालिकाले स्रोतमै वस्तु अलगअलग छुट्टयाउने हुँदा स्रोतका रुपमा प्रयोग गर्न सफल भएको उहाँको भनाई छ ।
कुहिने वस्तुलाई मलका रुपमा उपयोग गर्ने, नकुहिने वस्तुलाई पुनः प्रयोगका रुपमा बिक्री गर्ने अथवा आफैँ प्रशोशन गर्ने कार्य गरेका नगरपालिकाले जनाएको छ ।

त्यसैले हामीले फोहोरका रुपमा नभई स्रोतका रुपमा लिई स्रोतलाई व्यवस्थित गर्ने गरी हाम्रा कार्य अगाडि बढेका छन् । त्यस्तै हरेक घरका सेफ्टी ट्याङ्की भरिएपछि त्यस्ता सेफ्टी ट्याङ्की बाहिरी स्रोत ढल तथा खोलानालामा नमिसाउनका लागि दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालन गरेका छौं । यसबाट कम्पोष्ट मल र बायोग्यास उत्पादन गरी प्रयोग गर्ने र पानीका स्रोत अन्य जमीनमा जीवाणु तथा विषाणु फैलिनबाट रोक्ने गरी अगाडि बढेको दिलिपप्रताप खाँणको भनाई छ ।
फोहोर मैला ब्यवस्थापन कतिपय पालिकाहरुलाई चुनौतिकारुपमा समस्याकारुपमा देखिएका छन् तर वालिङमा यसको उचित ब्यवस्थापनकै कारण स्रोतमा रुपान्तरण भई आर्थिक लाभ भएको छ । वालिङका नागरिकहरुको सहयोग, समन्वय र सहकार्यबाट मात्रै नगरपालिकाले फोहोरमैलाको ब्यवस्थापन गर्न सफल भएको हो । जुन अहिले अन्य पालिकाहरुलागि सिकाई केन्द्रकारुपमा स्थापित भएको पनि छ ।

नागरिकहरुले घर–घरमै कुहिने, नकुहिने र सिसाजन्य फोहोरहरु छुट्टयाएर राख्नुहुन्छ र नगरपालिकाबाट कुहिने–नकुहिने गाडीहरु टोल टोलमा पुग्छन् र संकलन गरी सरसफाई केन्द्रमा लगिन्छ जहाँ फोहोरको वर्गीकरण, प्रशोधन, पुनः प्रयोग र बिक्री गरिन्छ । जसबाट नगरपालिकाले फोहोरमैला बिक्रीबाटै राम्रो आम्दानी गर्दै आएको छ खाँणले भन्नुभयो ।

वालिङ नगरपालिका विभिन्न विधामा पटक÷पटक पुरस्कृत भईरहेको :
वालिङ नगरपालिका विभिन्न विधामा पटक÷पटक पुरस्कृत तथा सम्मानित भएको छ । खासमा वालिङ नगरपालिकाले प्रदान गरेको सेवा प्रवाह, वित्तीय सुशासन, विपद ब्यवस्थापन लगायतका विषयहरुमा नगरपालिकाले प्रदान गर्ने सेवा, यहाँका नागरिकहरुको सन्तुष्टि तथा मूल्याङ्कनकर्ता दृष्टिको समिश्रणको उपज हो जस्तो लाग्छ । यहाँका नागरिकहरुको सचेतता निरन्तरको सल्लाह, सुझाव, जनप्रतिनिधिहरुको सपना र कर्मचारीहरुको कार्यान्वयन पक्षको सामञ्जस्यताकै कारण प्रभावकारी बनेको हुनुपर्छ ।

कोभिड १९ को समयमा काम गर्नुहुँदै दिलिपप्रताप खाँण

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP