नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत पुग्ने, प्रतिव्यक्ति आय १३५ डलर बढ्ने ।

काठमाण्डौ:
हालै नेपालको आर्थिक विकास ३.७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ। यससँगै कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४ खर्ब ८५ अर्ब (उत्पादकको आधारमा) पुग्नेछ।आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने अनुमान छ। यस आधारमा जिडिपी ४१ खर्ब ५ अर्ब पुग्ने अनुमान गरिएको हो।
कृषि लगायतका प्राथमिक क्षेत्रमा ३.९ प्रतिशत र गैर कृषि क्षेत्रमा ६.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। प्रतिव्यक्ति आम्दानी १,२४६ डलरबाट बढेर १,३८१ डलर पुग्नेछ।विभागको तथ्यांक अनुसार गत आव २०७७र७८ मा आर्थिक वृद्धि ४.३ प्रतिशत भएको छ। यसअघि भने सो वर्ष ४.०१ प्रतिशतले आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो।
त्यस्तै आव २०७६/७७ मा पनि २.४ प्रतिशतले वृद्धि ऋणात्मक थियो। सो आवको अन्तिम तथ्यांकपछि यस्तो देखिएको हो। यसअघि सो आवमा आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…