नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत पुग्ने, प्रतिव्यक्ति आय १३५ डलर बढ्ने ।
काठमाण्डौ:
हालै नेपालको आर्थिक विकास ३.७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ।
विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ। यससँगै कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ४ खर्ब ८५ अर्ब (उत्पादकको आधारमा) पुग्नेछ।आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने अनुमान छ। यस आधारमा जिडिपी ४१ खर्ब ५ अर्ब पुग्ने अनुमान गरिएको हो।
कृषि लगायतका प्राथमिक क्षेत्रमा ३.९ प्रतिशत र गैर कृषि क्षेत्रमा ६.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। प्रतिव्यक्ति आम्दानी १,२४६ डलरबाट बढेर १,३८१ डलर पुग्नेछ।विभागको तथ्यांक अनुसार गत आव २०७७र७८ मा आर्थिक वृद्धि ४.३ प्रतिशत भएको छ। यसअघि भने सो वर्ष ४.०१ प्रतिशतले आर्थिक वृद्धि भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो।
त्यस्तै आव २०७६/७७ मा पनि २.४ प्रतिशतले वृद्धि ऋणात्मक थियो। सो आवको अन्तिम तथ्यांकपछि यस्तो देखिएको हो। यसअघि सो आवमा आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको प्रक्षेपण सार्वजनिक गरिएको थियो।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


