प्रकाश सपुतको गीत ‘पिर’प्रति माओवादी केन्द्र सम्बद्ध चार संगठनको आपत्ति ।
काठमाण्डौ:
नेकपा माओवादी केन्द्र सम्बद्ध चार संगठनले प्रकाश सपुतको गीत ‘पिर’प्रति आपत्ति जनाएका छन् ।
गत शुक्रबार रिलिज गरिएको यो गीतको म्युजिक भिडियो आपत्तिजनक भएको भन्दै उनीहरुले तत्काल युट्युबबाट हटाएर माफी माग्न सपुतलाई चेतावनी दिएका छन् ।
जनक्रान्तिका घाइते तथा अपांग योद्धा संघ, अखिल नेपाल महिला संघ, जनसांस्कृतिक महासंघ र प्रेस सेन्टरले आइतबार संयुक्त वक्तव्य जारी गर्दै पिर गीतको भिडियोमा जनमुक्ति सेना र घाइते योद्धाहरुलाई अहिले आफ्नो जीवन धान्नको लागि देह व्यापार र परस्त्रीगमनमा लागेको भ्रमपूर्ण दृश्यहरु देखाइएको बताएका छन् ।
‘जनमुक्ति सेनाले गरेको योगदानप्रति अपमान गर्दै जनयुद्ध नै विद्रुपीकरण गर्न खोजिएको उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको घटनाप्रति हामी घोर आपत्ति प्रकट गर्दै तत्काल युट्युब च्यानलबाट हटाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्ति भनिएको छ, ‘भिडियोको सारवस्तु समग्रमा ऐतिहासिक जनआन्दोलन, दश वर्षे जनयुद्धमा होमिएका महिलालाई देहव्यापार र पुरुषलाई परस्त्रीगमनजस्तो अनैतिक कार्यसँग तुलना गर्नु÷जोड्नु अत्यन्तै दुखद र आपत्तिजनक छ । तसर्थ नितान्त पूर्वाग्रही, झुट र भ्रामक कार्यगर्नेउपर कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछौं ।’
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


