धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त ।
काठमाण्डौ:
धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई सेबोनको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । गत मंगलबार धितोपत्र बोर्डको अध्यक्ष छनोट तथा सिफारिस समितिले हमालसहित तीन जनाको अन्तिम नाम अर्थमन्त्रालय मार्फत मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । ति तीन जनाबाट हमालले बाजी मारेका हुन् । नवनियुक्त अध्यक्ष हमाल काँग्रेस कोटाबाट छानिएका हुन् ।
बैंककबाट इन्टरनेसनल विजनेश एण्ड फाइनान्समा स्नातकोत्तर गरेका हमालसँग करिब ३ दशक सार्वजनिक तथा निजी क्षेत्रमा काम गरेको अनुभव छ । साथै हमालसँग विद्युत प्राधिकरण र संयुक्त राष्ट्र संघको वातावरणीय प्रोजेक्ट, ब्रिटिस इन्भेष्टमेन्ट कन्सलटेन्सी एण्ड रियल स्टेट डेभलपमेन्ट ग्रुप बैंकको चिफअपरेटिङ अफिसर भएर काम गरेको अनुभव समेत रहेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


