परीक्षण मध्ये झण्डै आधामा संक्रमण पुष्टि, लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्न आग्रह ।
काठमाण्डौ:
नेपालमा कोरोनाभाइरस ९कोभिड–१९० संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो । कूल २२ हजार ८३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस विषम परिस्थितिमा कोरोना भाइरसको लक्षण देखिए ५ दिन क्वारेन्टिनमा बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार जारी गरेको आदेशमा जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोरोनाको लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड–१९ को परीक्षण गर्न भनिएको छ । सो क्रममा रिपोर्ट नेगेटिभ आएमात्रै सार्वजनिक रुपमा हिँडडुल गर्न प्रशासनले भनेको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


