ह्वात्तै बढे संक्रमित, नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित ।
काठमाण्डौ:
नेपालमा एकैदिन ९६८ कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९६८ जना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १४ हजार ९७१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। ८ हजार २७२ जनाको पिसिआर परीक्षण र ६ हजार ६९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। २६२ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ।
अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।यस्तै, काठमाडौं उपत्यकामा ३६९ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २८४, भक्तपुरमा २३ र ललितपुरमा ६२ गरी ३६९ जना थपिएका हुन्।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


