वालिङ जेसीजको अध्यक्षमा पंगेनी

वालिङ :
वालिङ जेसीजको अध्यक्षमा ध्रुव पंगेनी चयन हुनु भएको छ । १९ औ बार्षिक साधारणसभा तथा १८ औं अधिवेशनले पंगेनीको अध्यक्षतामा सन् २०२२ का लागि नयाँ कार्य समितिको सहमतीका आधारमा चयन गरेको हो ।
अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा यज्ञपुरुष रिजाल र भानुभक्त आचार्य तथा उपाध्यक्षहरुमा करुणा काफ्ले,बिदुर कोईराला,उत्तम कोईराला र हरि काफ्ले चयन भएका निर्वाचन संयोजक एवं वालिङ जेसीजका पूर्ब अध्यक्ष देव बोगटीले जानकारी दिनुभयो ।
अधिवेशनले कानुनी सल्लाहकारमा अशोक तिवारी, महासचिवमा मणि प्रसाद अर्याल, कोषाध्यक्षमा सुदिप अर्याललाई चयन गरेको निर्वाचन संयोजक बोगटीले बताउनु भयो ।
नयाँ समितिको कार्यकाल एक बर्षको हुनेछ ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…