प्रजिअ पौडेलको सक्रियतामा पुतलीबजार क्षेत्रमा रहेका अव्यवस्थित फोहोरहरुलाई व्यवस्थापन गरियाे ।

स्याङ्जा
स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको सक्रियतामा स्याङजा पुतलीबजार क्षेत्रका सडकखण्डमा रहेका अव्यवस्थित फोहोरहरुलाई शुक्रबार व्यवस्थापन गरिएको छ । सो सरसफाइ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाली सेनाको एनसिसी स्वयम्सेवक दल, नगरपालिकाका सरसफाइ कर्मचारी, सर्वसाधारणसहित सयौंको सङ्ख्यामा सहभागिता रहेको थियो ।
बिहानैबाट सुरु गरिएको सरसफाइ कार्यक्रममा प्रजिअ पौडेलसहित प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेत, प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी, गुल्मपती मेजर अशोक मल्ल, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपाने सहित विभिन्न दलका जनप्रतिनिधि, पत्रकार, उद्योग वाणिज्य सङ्घ स्याङ्जाका पदाधिकारी, नेपाल चेम्बर्स अफ कमर्स स्याङ्जाका पदाधिकारीको समेत सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताउनुभयो ।
जिल्लाका स्याङ्जा बजार, प्रगतिनगर, बाडखोलामा गरी १५ वटा टोलीमा बाँडिएर कुचो लगाउने, प्लास्टिक लगायत फोहोर टिप्ने, कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा सङ्कलन गरिएको  थियो । हातमा पन्जा र मुखमा मास्क लगाएको टोलीलाई सहयोग र निर्देशन प्रमुख जिल्ला अधिकारीसहितको टोलीले गरेको थियो । पुतलीबजार नगरपालिकाका सरसफाइ कर्मचारीहरुले पनि सो अभियानमा सहयोग गरेका थिए ।
Facebook Comments Box
TOP