चर्चित ‘र्यापर आशिष राना ‘लाउरे’लागुऔषधसहित पोखराबाट पक्राउ ।
पोखरा:
चर्चित ‘र्यापर आशिष राना ‘लाउरे’लाई नेपाल प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित लाउरे गएराति पक्राउ परेका हुन्। उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले र्यापर लाउरेसहितको टोलीलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार लाउरेसँगै उनका चारजना साथी पनि पक्राउ परेका छन्।
लाउरे गएराति पोखराको जाल्पा रोडबाट पक्राउ परेका थिए। पक्राउ परेकाहरू जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा छन् । पक्राउ परेका लाउरे रियालिटी शो हिमालय रोडिजका निर्णायक पनि हुन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


