नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जाको अध्यक्षमा तिलक गुरुङ
स्याङ्जा :
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज स्याङ्जाको अध्यक्षमा तिलक गुरुङलाई निर्वाचित हुनुभएको छ । शनिबार वालिङमा सम्पन्न प्रथम अधिवेसनले गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति निर्वाचित गरेको हो । उपाध्यक्षमा संगिता मगर, सचिवमा धनु गुरुङ, सहसचिवमा अस्मिता राना, कोषाध्यक्षमा अनिषा राना रहनुभएको छ भने सदस्यहरुमा जमुना गुरुङ, याम सोमई, ओमप्रसाद गुरुङ, रीमा गुरुङ रहनुभएको छ ।
त्यस्तै सल्लाहकारमा टिकराज गुरुङ, गोपाल जिटि र कला राना रहनुभएको छ । अधिवेसनको उद्दघाटनका क्रममा फोनिज प्रदेश सदस्य सुशान्त गाहाले जनजाति पत्रकारहरुको साझा संगठन फोनिज देशभरीका ६० जिल्लामा विस्तार गरिएको भन्दै गण्डकीका ४ जिल्लाबाहेक अन्य जिल्लामा फोनिज विस्तार गरिएको बताउनुभयो ।
देशभरका ६० जिल्लामा फोनिजको नयाँ नेतृत्व निर्वाचित भएका छन् । भेलाले प्रदेश प्रतिनिधिमा गोपाल, जिटी, टिकराज गुरुङ र रिमा गुरुङ केन्द्रिय महाधिवेसन प्रतिनिधिमा मोहन गुरुङ र संगिता मगरलाई पठाउने निर्णय गरिएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


