काँग्रेस स्याङजाको सभापतिमा थापा सहित मिस्रित नतिजा,कसले कति मत ल्याए हेर्नुहोस् ।
बर्षा पंगेनी/स्याङजा :
नेपाली काँग्रेस स्याङजाको सभापतिमा राजु थापा निर्वाचित हुनु भएको छ । आज बिहान भएको मतगणनामा थापाले १११७ मत ल्याई निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पर्धी भागवत प्रकाश मल्लले १०८५ मत ल्याउनु भएको छ । उहाँहरुको मतान्तर ३२ रहेको छ ।
शुक्रवार भएको मतदानमा दुई हजार दुई सय १८ मत खसेको थियो । स्याङजामा २२५७ मतदाता रहेका थिए ।
थापा संविधान सभा सदस्य हुन् भने मल्ल स्याङ्जा–२ को ‘ख’ बाट प्रदेश सभामा निर्वाचित सांसद हुनुहुन्छ ।
त्यस्तै उपसभापति, सचिव र सहसचिवमा दुवै पक्षका एक /एक जना निर्वाचित भएकाछन् ।
केदार काफ्ले १३७० मत र शेर बहादुर थापा ८९३ मत ल्याई बिजयी भएकाछन् । त्यस्तै सचिवमा गुरु प्रसाद भट्टराई १२९२ र ९३४ मत ल्याइ बिजयी भएका छन् ।
त्यस्तै सहसचिवमा धु्रवबन्धु पौडेल ११५८ मत र पृथ्वी प्रसाद पोख्रेल ९३९ मत ल्याई निर्वाचित हुनु भएको छ । सदस्यहरुमा अधिकांश पदमा थापा पक्षका उमेद्वार निर्वाचित भएकाछन् ।
याे पनि : नेपाली काँग्रेस स्याङजाकाे सभापतिमा राजु थापा निर्वाचित ।
अन्तिम मत परिणाम




समाचार
थप सामाग्री
पद्मा अर्याल सहित को – को परे एमाले बाट समानुपातिकमा
४ दिन अगाडि
काठमाडाै : नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुङ्गो लगाएको उपमहासचिव लेखराज भट्टले…


