प्रहरी निरिक्षक पौडेल गण्डकी प्रदेशको ‘उत्कृष्ट अनुसन्धान अधिकृत’ पुरस्कारबाट सम्मानित
स्याङजा :
प्रहरी निरिक्षक हरी प्रसाद पौडेलले गण्डकी प्रदेशको उत्कृष्ट अनुसन्धान अधिकृतको पुरस्कारबाट सम्मानित हुनु भएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रमुख समेत रहनु भएका पौडेल ६६ औँ प्रहरी दिवशको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सम्मान गर्नु भएको हो ।
विगत एक बर्षदेखि वडा प्रहरी कार्यालय वालिङको प्रमुखको रुपमा कार्यरत पौडेलको नेतृत्वमा लागु औषधीको ट्रान्जिट बन्दै आएको सिद्धार्थ राजमार्गको जालो तोड्न विशेष भूमिका निर्वाह गरेको जस जाने गरेको छ ।
गल्याङमा ट्याक्टर दुर्घटना गराई अनै साथीलाई खोलामा बगाएको घटना देखि छिमेकी मुलुकमा लुकेर बसेका आरोपितहरुलाई नियन्त्रणमा लिन राम्रो भूमिका खेलेको भन्दै पौडेललाई सम्मानित गरिएके हो । यस्तै एकैदिन १ सय ११ जना फ्रहार अभियुक्त समातेको स्याङ्जा प्रहरीले झण्डै आधा संख्याका अभियुक्तहरु पौडेल नेतृत्वको टोलिले समातेको थियो ।
११ जिल्ला मध्येबाट उत्कृष्ट काम र अनुसन्धान गरेर आम जनतामा प्रहरीको गरिमा उच्च बनाउने काम गरेकोले पौडेललाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


