गण्डकीमा कास्की पछि स्याङ्गजामा बढि संक्रमित ।
पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा सबै भन्दा बढि कास्कीमा अनि दोस्रोमा स्याङ्गजामा बढि संक्रमित देखिएका छन् । जम्मा ९७० जनामा गरिएको नमुना परीक्षणमा थप १५७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा कास्कीका ८५ जना , स्याङ्गजाका २१ जना, तनहुँका १० जना, गोरखाका नौ जना, लमजुङका १० जना र नवलपुरका १३ जनामा , पर्वतका दुई जना, बागलुङका दुई जना र म्याग्दी जिल्लाका पाँच जना रहेकाछन। आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार १४९ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार ९२३ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, पर्वतका एक जना र कास्की पोखराका तीन जना छन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


