गण्डकीमा कास्की पछि स्याङ्गजामा बढि संक्रमित ।

पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा सबै भन्दा बढि कास्कीमा अनि दोस्रोमा स्याङ्गजामा बढि संक्रमित देखिएका छन् । जम्मा ९७० जनामा गरिएको नमुना परीक्षणमा थप १५७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज संक्रमण पुष्टि हुनेमा कास्कीका ८५ जना , स्याङ्गजाका २१ जना, तनहुँका १० जना, गोरखाका नौ जना, लमजुङका १० जना र नवलपुरका १३ जनामा , पर्वतका दुई जना, बागलुङका दुई जना र म्याग्दी जिल्लाका पाँच जना रहेकाछन। आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८२ हजार १४९ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३४४ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ७७ हजार ९२३ पुगेको छ।
पछिल्लो २४ घण्टामा गण्डकीमा पाँच जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा तनहुँका एक जना, पर्वतका एक जना र कास्की पोखराका तीन जना छन् ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…