कोरोना घट्दै: २४ घण्टामा ९९४ जनामा संक्रमण ।

काठमाण्डौ:

पछिल्लो २४ घण्टामा नेपालमा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो साता देखि नेपालमा संक्रमण दर घट्दै गईरहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ६ हजार १ सय ३७ जना र एन्टिजेनबाट ३७०३ जनाको परीक्षण भएको छ। त्यस्तै दुई हजार १३६८ संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा १० हजार ९३६ जनाको मृत्यु भएको छ।

Facebook Comments Box
TOP