स्याङ्गजाका ६१ सहित गण्डकीका ४७४ मा कोरोना , नौ जनाको मृत्यु ।

पोखरा:

प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका ६१ सहित गण्डकीका थप ४७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ भने नौ जनाको ज्यान गएको छ । जम्मा १२२३ जनामा गरिएको नमुना परीक्षणमा जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजा सहित नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका १८८ जना, तनहुँका १७ जना, गोरखाका ५४ जना, लमजुङका १८ जना र नवलपुरका ६५ जना, पर्वतका तीन जना, बागलुङका ५१ जना र म्याग्दी जिल्लाका १७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आज आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७४ हजार ९८९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट ६०९ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ६७ हजार ५१६ पुगेको छ।

आज मृत्यु पुष्टि हुनेमा नवलपुरका दुई जना, तनहुँका दुई जना, गोरखाका एक जना र कास्कीका चार जना रहेका छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२७० पुगेको निर्देशनालयले जनाएको छ ।

Facebook Comments Box
TOP