पछिल्लो २४ घण्टामा १९२० मा कोरोना, २४ जनाको मृत्यु ।
काठमाडौं :
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय २० कोरोना संक्रमित भएका छन भने २४ जनाको मृत्यु भएको छ । जम्मा ९ हजार ४ सय ४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ४८ जना संक्रमित निको हुँदा देशभर निको हुनेको संख्या ६ लाख ९८ हजार १ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका २४ जना सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या १० हजार ५०९ पुगेको छ । हाल ३५ हजार ५ सय ५५ जना होम आइसोलेसन र ३ हजार १ सय ९६ जना संस्थागत आइसोलेसनमा छन् । ४ सय २१ जना क्वारेन्टाइन, ६ सय ८१ जना आईसीयू र १ सय ६९ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


