पछिल्लो २४ घण्टामा ३९३८ जनामा कोरोना, ३७ जनाको मृत्यु ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ९३८ जना कोरोना संक्रमण देखिएको छ भने ३७ जनाको ज्यान गएको छ ।
जम्मा ११ हजार ८७० नमूना पिसिआर परीक्षण गर्दा ३ हजार ७ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार ५३८ मा परीक्षण गर्दा ९३१ मा संक्रमण देखिएको छ।
थप ३७ जनाको मृत्यु सहित जम्मा मृत्यु हुनेको संख्या ९ हजार ९ सय ९४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६३ हजार ६ सय ६३ पुगेको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जामा ३४४ एचआईभी संक्रमित, वालिङ सबैभन्दा धेरै
१ महिना अगाडि
स्याङ्जा : : स्याङ्जा जिल्लामा एचआईभी संक्रमितको संख्या तीन सय ४४ पुगेको छ । चालू आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म…


