राप्रपाद्वारा स्वास्थ्य सामाग्री सहयोग
स्याङ्जा :
राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र राप्रपा युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्कीले शुक्रवार स्वास्थ्य सामाग्री प्रदान गर्नु भएको छ ।
उहाहरुले पुतलीबजार नगरपालिका वडा नं. ५ स्थित पौवेगौडेको स्थास्थ्यचौकीलाई लक्षित गर्दे नगरप्रमुख सीमा क्षेत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । समाजसेवी कार्की द्धयले ५ लीटर अक्सिजन कन्सन्ट्रेटर, २ सय १० लीटर सेनीटाइजर, २ वटा अक्सिमीटर र ५ हजार वटा मास्क प्रदान गर्नुभएको हो ।
सामाग्री ग्रहण गर्दै नगरप्रमुख क्षत्रीले कोरोना संक्रमितका लागि अत्यावश्यक रहेका सामाग्री उपलब्ध गराएर पौवेबासीलाई सहयोग गर्नुभएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी कार्य सम्पादन समितिका सदस्य मदनबहादुर कार्की र युवा संगठन केन्द्रीय सचिव हिक्मतजंग कार्की, वडा अध्यक्ष रामचन्द्र रेग्मी, वडा सचिव सन्तोष राना लगायतले सहयोगदातालाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
यसैगरी, पत्रकार महासंघ स्याङजा शाखालाई ४० वटा सेनीटाइजर र २ हजार थान मास्क प्रदान गर्नुभएको छ । उहाहरुले पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीलाई महासंघको कार्यालयमा पुगेर ती सामाग्री प्रदान गर्नुभएको हो ।
यस्तै, उहाहरुले वडाभित्रका ९ जना स्वास्थ्य स्वयंसेवीलाई जनही ३ सय वटा मास्क र ५/५ लीटर सेनीटाइजर पनि हस्तान्तरण गर्नुभएको छ ।
करिब २ लाख ३० हजार मूल्य बराबरका ति सामाग्री कार्की द्धयले ब्यक्तिगत खर्चमा स्वास्थ्य सामाग्री उपलब्ध गराउनुभएको हो । पौवेगौडे उहाहरुको जन्मथलो हो ।

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


