पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोना, २९ जनाको मृत्यु ।

काठमाण्डौ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर १८७५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने २९ जनाको मृत्यु भएको छ। सोही अवधिमा १२८६ जना संक्रमण मुक्त भएका छन् ।

१० हजार ५०४ जनामा कोरोना परीक्षण भएकोमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । जसमा एन्टिजेन विधिबाट ५ हजार १३० जना र पीसीआर विधिबाट ५ हजार ३७४ जनामा परीक्षण भएको हो ।

हालैका दिनमा निको हुने भन्दा नँया संक्रमितको संख्या बढेको छ ।

यसरि हालसम्म नेपालमा ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने ९ हजार ३२० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

Facebook Comments Box
TOP