पछिल्लो २४ घण्टामा स्याङ्गजाका २९ सहित गण्डकीका ४३८ जनामा कोरोना, ७ को मृत्यु ।
पोखरा:
प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा स्याङ्गजाका २९ सहित गण्डकीका ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७ जनाको ज्यान गएको छ । जम्मा १२०४ जनामा गरिएको नमुना परीक्षणमा ४३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज संक्रमण पुष्टि हुनेमा स्याङ्गजाका २९ सहित कास्कीका १७९ जना, तनहुँका २० जना, गोरखाका २० जना, लमजुङका २५ जना, नवलपुरका ७४ जना, पर्वतका ३ जना, बागलुङका ६१ जना, म्याग्दीका २० जना र मनाङ जिल्लाका सात जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ६२ हजार ३६१ पुगेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट २६९ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ५८ हजार २९३ पुगेको छ।
त्यस्तै आज मृत्यु पुष्टि हुनेमा स्याङ्गजाका एक जना, म्याग्दीका एक जना, लमजुङका एक जना र कास्कीका चार जना रहेकाछन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०३८ पुगेको छ ।
समाचार
थप सामाग्री-
मातृभूमि सेवा समाज नेपालको अध्यक्षमा पराजुली
-
स्याङ्जा-२ मा रास्वपाबाट उम्मेदवार बने झबिलाल
-
कांग्रेस सभापति थापा र पूर्ब सांसद श्रेष्ठद्वारा चुनाव नलड्ने घोषणा ।
-
एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्ग्यायो यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)
-
प्रथम ॐ कार कपको उपाधि एनएएफसी पोखरालाई
स्याङ्जामा निर्वाचन प्रहरी भर्नाको म्याद दुई दिन थपियो ।
३ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जामा आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि आह्वान भएको निर्वाचन प्रहरीको भर्ना म्याद दुई दिन थप गरिएको छ ।…


