पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना, १८ जनाको मृत्यु ।

काठमाण्डौ:

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ भने १८ जनाको मृत्यु भएको छ ।जम्मा १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् । आज मृत्यु भएका सँगै हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ।मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।

Facebook Comments Box
TOP