पछिल्लो २४ घण्टामा थप १८०१ जनामा कोरोना, २३ को मुत्यु ।

corona virus

काठमाण्डौ :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जना कोरोना संक्रमित भएका छन भने २३ जनाको मुत्य भएको छ । पिसिआर र एन्टिजेन विधिबाट कुल ९ हजार ६२८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा १ हजार ६६७ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.७ प्रतिशत रहेको छ। आज थप २३ जनाको मृत्यु भएपछि हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९५५० पुगेको छ। मृत्यु हुनेको दर भने १.५ प्रतिशत छ।

Facebook Comments Box
TOP