अबिरल बर्षासँगै आएको बाढिले सेतिबेणी बजारका ८ घर बगायो ।
स्याङ्जा :
अबिरल बर्षासँगै आएको बाढिले स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्वर ५ सेतिबेणी बजारका ८ घर बगाएको छ ।
आज बिहान कालिगण्डकी नदीको बाढि बजारमा पसेको हो । जसको कारण ८ घर पूर्णरुपमा क्षतीग्रस्त भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुशार स्थानीय केश वहादुर क्षेत्री,केशवराज न्यौपाने,ठाकुर प्रसाद श्रेष्ठ,रेशमराज न्यौपाने,लक्ष्मीपती न्यौपाने,गुरु बहादुर क्षेत्री,तेजराम काफ्ले र त्रिबिक्रम हेजुको घर बाढिले क्षेतीग्रस्त बनाएको हो ।
८ घरका २४ जनाको बिस्थापित भए पछि उनीहरुलाई उद्धार गरी नजिकैको बिद्यालयमा राख्ने तयारी भईरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच स्याङ्जाको भीरकोट नगरपालिका–३ स्थित आँधीखोलामा बिहान एक पुरुषको शव फेला परेको छ ।
प्रहरी प्रवक्ता अधिकारीका अनुसार आँधीखोलाको बीच भागमा उठेको ढिस्कोमा पुरुषको शव भेटिएको हो । शवको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभएको छ ।
यता अबिरल बर्षाका कारण सिद्धार्थ राजमार्गको ठाँउठाँउमा पहिरो जाँदा अवरुद्ध हुन पुगेको छ । त्यस्तै सबै ग्रामिण सडकहरु पनि अवरुद्ध भएका प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


