स्याङ्जाका ४० सहित गण्डकीमा ३४६ जनामा संक्रमण ।
पोखरा:
गत २४ घण्टामा स्याङ्जाका ४० सहित गण्डकी प्रदेशमाा ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । साथै भाइरसको संक्रमणबाट स्याङ्जामा १ जनाको ज्यान जाँदा प्रदेशमा ५ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाका १ जना सहित कास्कीका १, म्याग्दीका १, बाग्लुङका १ र तनहुँका १ जना रहेका छन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८८१ पुगेको छ ।
प्रदेश स्वाथ्य निर्देशनालयका अनुसार नयाँ संक्रमितहरुमा स्याङ्जाका ४० जना, कास्कीका १२० जना, म्याग्दीका ११ जना, पर्वतका ८ जना, लमजुङका २२, तनहुँका ८८ जना, बाग्लुङका २५ र नवलपुरका ३२ जना रहका छन । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ हजार २९८ पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ७९१ जना जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ४७ हजार २१६ पुगेको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


