देशभर ५८२५ मा कोरोना संक्रमण, ५९०४ जना निको, ७५ को मृत्यु ।
काठमाडौं :
नेपालमा पछिल्लो २४ घण्टामा ५८२५ जनामा कोरोना संक्रमण भएको छ भने ५९०४ जना निको भएका छन । त्यसै गरि ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १८ हजार ५६२ जनाको परिक्षणमा उक्त नतिजा आएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ७६ हजार ९३६ पुगेको छ भने मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ । यस्तै २४ घण्टामा ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल सम्म कोरोना संक्रमण भइ निको हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ८३९ पुगेको छ ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


