थप २४०७ जना कोरोना संक्रमित, ४६ जनाको मृत्यु ।
काठमाडौं,
नेपालमा पछिल्लो २४ घण्टामा २४०७ जनामा कोरोना संक्रमित भएका छन् भने ४६ जना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ पीसीआर परीक्षणबाट १ हजार ६९४ र ४ हजार ८ सय ८९ एन्टिजेन परीक्षणबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ६८ हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् । अहिले नेपालमा कोरोनाको परीक्षण घटेसँगै सङ्क्रमितको सङ्ख्या पनि घटेको छ । पीसीआर र एन्टिजेनमार्फत निःशुल्क परीक्षण गर्ने व्यवस्था भए पनि परीक्षण गराउन जानेको सङ्ख्या घटेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
गाउँघरमा सङ्क्रमणको जोखिम रहेकाले कोभिडको कुनै लक्षण देखिनासाथ नजिकैको स्वास्थ्य संस्थामा परीक्षणका लागि जान पनि प्रवक्ता पौडेलको अनुरोध छ । आज देशभरका ४४ वटा जिल्लामा पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
समाचार
थप सामाग्री
कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न ।
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जाको वालिङमा कृषि विकास सम्वन्धी अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराइले कृषि र…


