थप ३३८४ जनामा कोरोना सङ्क्रण, ६१ को मृत्यु ।

काठमाण्डौ:

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ३३८४ कोरोनाभाइरसका सङ्क्रमितहरू थपिएका छन् भने ६१ को मृत्यु भएको छ । सोही अवधिमा ६२९५ जना सङ्क्रमणमुक्त भएका छन्।

मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो। ती मध्ये ८५०६ जनाको पीसीआर र ५९८८ जनाको एन्टिजन विधिबाट परीक्षण गरिएको थियो ।

नेपालमा निको हुने दर ८६.९ प्रतिशत छ भने मृत्यु दर १.६ प्रतिशत रहेको छ।आज मृत्यु हुने सँगै कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या  ८३६६ पुगेको छ।

हाल आइसीयूमा रहेका विरामीको सङ्ख्या ११८९ रहेको छ भने भेन्टिलेटरमा ३६६ जना रहेका छन।

Facebook Comments Box
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
१ हप्ता अगाडि

आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मीसँगै स्याङ्जा–२ मा राजनीतिक माहोल ह्वात्तै तात्तिएको छ। यसैक्रममा नेविसंघ काठमाडौँ–स्याङ्जा सम्पर्क…

TOP