९६ वर्षीया वृद्धाले जितिन कोरोना
म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामकी ९६ वर्षीया वृद्धाले कोरोना भाइरसको सङ्क्रमणलाई जित्न सफल हुनुभएको छ । दग्नामको कान्छी गाउँ घर हुनुभएकी वद्धाले गाउँपालिकाकै कोरोना अस्पतालमा उपचार गरी कोरोनाबाट निको हुनुभएको हो । सात दिनअघि कोरोना सङ्क्रमणको कारण श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि उहाँलाई अस्पतालमा भर्ना गरिएको थियो ।
एक हप्ताको उपचारपछि उहाँको स्वास्थ्यमा सुधार आएको र कोरोना सङ्क्रमणमुक्त भएपछि उहाँलाई घर पठाइएको गाउँपालिकाको कोभिड–१९ अस्पतालका डा.सन्तोषप्रसाद बोहराले जानकारी दिनुभयो । ‘उहाँलाई अक्सिजन लगाएरै स्वास्थ्यकर्मीसहितको टोलीले अस्पतालमा ल्याउनुभएको थियो, अस्पतालमा ल्याउँदा उहाँमा ६६ प्रतिशत मात्रै अक्सिजनको मात्रा थियो, एक हप्तासम्म हामीले सम्भव भएसम्मको विधिबाट उपचार गर्यौँ, अहिले अक्सिजनको तह पनि ठीक छ, कोरोना परीक्षण गर्दा नेगेटिभ देखिएको छ, त्यसपछि उहाँलाई घर फिर्ता गरेका छौँ’, डा बोहराले भन्नुभयो ।
अस्पतालसम्म ल्याइपुर्याउँदा मानिस चिन्न समेत छाडिसक्नुभएकी वृद्धा आमाले कोरोना सङ्क्रमण जितेर निको भएपछि पहिलेकै जस्तो सामान्य अवस्थामा फर्कनुभएको पुनका छोरा खिमबहादुर पुनले बताउनुभयो । ‘अस्पतालको उपचारबाट हामी खुसी छौँ, सुरुमा आमाले मलाई समेत चिन्नुहुँदैन थियो, उपचार गर्दै जाँदा चिन्न थाल्ने हुनुभयो, डाक्टर र स्वास्थ्यकर्मीले निरन्तर जाँच र हेरचाह गरेकामा हामी हर्षित भएका छौँ’, पुनले भन्नुभयो ।
कोरोना जितेर निको भएपछि वृद्धा आमालाई गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले रोगप्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक विज्ञहरुबाट सिफारिस भएका औषधिहरु उपलब्ध गराएर बिदाइ गर्नुभएको थियो । साथै उहाँले अस्पतालको सेवा र उपचारको क्रममा निःशुल्क खाना खाजाको सुविधाबाट प्रभावित भएर यस सेवाकै लागि सात हजार नगद रुपैयाँसमेत सहयोग हस्तान्तरण गर्नुभएको थियो । -रासस
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


