गण्डकीमा कोरोना संक्रमितको संख्या १६ हजार १४७ पुग्याे ।

corona update

स्याङजा : आइतबार सम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या १६ हजार १४७ पुगेको छ, जसमा १९६ सक्रिय संक्रमित छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्ति अनुसार आइतवार गण्डकीका ३२३ जनामा गरिएको परीक्षणमा थप १८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आइतवार पुष्टि भएका संक्रमित प्रदेशका ४ जिल्ला कास्की, तनहुँ, पर्वत र बाग्लुङ जिल्लाका छन् । जस अन्तर्गत कास्कीको पोखरा महानगरका ९ जना, तनहुँका ५ जना, पर्वतका १ जना र बाग्लुङ जिल्लाका ३ जना छन् ।

पछिल्लो २४ घन्टामा गण्डकीबाट २१ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १५ हजार ७४६ पुगेको छ, भने संक्रमणकै कारण गण्डकीमा अहिलेसम्म २०५ जनाले ज्यान गुमाईसकेका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP