शनिबार गण्डकीमा थप ३९ जनामा कोरोना पुष्टि, ८८ जना कोरोनामुक्त
स्याङजा : शनिबार गण्डकीमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी विज्ञप्ति अनुसार गण्डकीका २९२ जनामा गरिएको परीक्षण मध्ये थप ३९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ३ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३६ सहित, तनहुँमा १ जना र पर्वत जिल्लाका २ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख छ ।
आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय ७० पुगेको छ । जसमा सक्रिय संक्रमित ९ सय ३ छन् ।
पछिल्लो २४ घन्टामा गण्डकीबाट ८८ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १३ हजार ५ सय ७५ पुगेको छ भने, गण्डकीमा हालसम्म कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १९२ पुगेको निर्देशनालयले जनाएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


