गण्डकी प्रदेशमा शनिबार ११९ संक्रमित थपिए,३ जनाको मृत्यु ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ हजार ५ सय ९८ पुगेको छ । शनिबार १ सय १९ संक्रमित थपिएका छन् । ४ सय ७३ स्वाब परीक्षण गर्दा ९ जिल्लाका १ सय १९ जनामा कोरोना पुष्टि भएको हो ।
कास्कीका ५९, लमजुङका २१, बागलुङका १८, गोरखाका ७, तनहुँका ६, म्याग्दीका ३, पर्वत र मुस्ताङका २/२ र स्याङ्जाका १ जनामा पोजेटिभ देखिएको हाे ।
कुल संक्रमितमध्ये ७ हजार २ सय ९२ जना निको भएका छन् । प्रदेशमा हाल ५ हजार १ सय ४० सक्रिय संक्रमित छन् । तीमध्ये ३८ सय ६८ जना होम आइसोलेसनमा रहेको निर्देशनालयको तथ्यांक छ ।
यस्तै प्रदेशमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबै मृतक पोखराका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ पुरुषको शनिबार बिहान र १ महिलाको शुक्रबार राति मृत्यु भएको हो । योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


