गण्डकी प्रदेशमा शनिबार थपिए १७६ संक्रमित, ४ संक्रमितको मृत्यु ।
स्याङजा : गण्डकी प्रदेशमा १ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशका १० जिल्लामा १ सय ७६ संक्रमित थपिएका हुन् ।
थपिनेमा कास्की ९८ जना, लमजुङमा २३, तनहुँमा २१, गोखरामा १३ संक्रमित थपिँदा नवलपुरमा ९, बागलुङमा ४, पर्वत, स्याङजाका ३ जना, मुस्ताङमा २/२ तथा म्याग्दीमा १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ६२ पुगेको छ । त्यसमध्ये ६ हजार ८ सय ६८ संक्रमित निको भएका छन् ।
यसैबीच गण्डकी प्रदेशमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेशका अनुसार कास्की २, तनहुँ र लमजुङका १/१ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
समाचार
थप सामाग्री
प्रधानमन्त्रीको बैंक ब्यालेन्स १ करोड ४६ लाख, आय स्रोत सामाजिक सञ्जाल
४ हप्ता अगाडि
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । आइतबार सार्वजनिक भएको…


