स्याङ्जाका १२ सहित गण्डकीमा आज १९६ संक्रमित थपिए, मृतक १०० पुगे ।

स्याङ्जा :
गण्डकी प्रदेशमा शुक्रबार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ८ जना (५५.१० प्रतिशत) कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसबाहेक नवलपुरका २९, तनहुँका २७, स्याङ्जा र बागलुङका १२, पर्वतका ४, लमजुङका ३ र गोरखाका १ जना छन् ।योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय ३९ पुगेको छ । संक्रमितमध्ये ४८ सय ३५ जना निको भएका छन् ।
स्याङ्जामा अाज थपिएका १२ जना कोरोना संक्रमित वालिङ नगरपालिकाका दुई महिला सहित ६ जना , पुतलीबजार नगरपालिकाका एक महिला सहित ५ जना र एक जना पालिका नखुलेका ३६ वर्षिय पुरुष रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५७९ पुगेको छ। यस्तै गरि कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा चापाकोट नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय पुरुष रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ।
यसैबीच:
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ३ र बागलुङका १ संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या १ सय पुगेको हो ।
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…