स्याङ्जाका १२ सहित गण्डकीमा आज १९६ संक्रमित थपिए, मृतक १०० पुगे ।

coronavirus_pic_web

स्याङ्जा :

गण्डकी प्रदेशमा शुक्रबार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १ सय ८ जना (५५.१० प्रतिशत) कास्कीका रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसबाहेक नवलपुरका २९, तनहुँका २७, स्याङ्जा र बागलुङका १२, पर्वतका ४, लमजुङका ३ र गोरखाका १ जना छन् ।योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८ हजार ७ सय ३९ पुगेको छ । संक्रमितमध्ये ४८ सय ३५ जना निको भएका छन् ।

स्याङ्जामा अाज थपिएका १२ जना कोरोना संक्रमित वालिङ नगरपालिकाका दुई महिला सहित ६ जना , पुतलीबजार नगरपालिकाका एक महिला सहित ५ जना र एक जना पालिका नखुलेका ३६ वर्षिय पुरुष रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमितको कुल सङ्ख्या ५७९ पुगेको छ। यस्तै गरि कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। मृत्युु हुनेमा चापाकोट नगरपालिका वडा नम्बर १० का ७३ वर्षीय पुरुष रहेका छन् । यो संगै स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ।

यसैबीच:

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीका ३ र बागलुङका १ संक्रमितको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या १ सय पुगेको हो ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP