‘देखेर पनि कसैले कसैलाई झट्ट चिन्न सकेन’ ( Because of Corona Mask )
रामचन्द्र भट्टराई :
नसानो-ठुलो समाजमा सबै एकैनाश भन्थे
अनियन्त्रित भै बोल्न आज किन थाले मान्छे
शब्द र शब्दावलिको छरप्रष्टताले रुपै फेरिदियो
बे-मतलब भो मुसुक्क हाँसो कोरकोले छेक्दियो ।।
जोत्दा भिर्ने ती कोरकाहरु झिकी गोरु बाट
भिराई दियो है प्रकृतिले चतुर मनुष्य माथ
पाएनन झिक्न जनले लौ कहिले सम्म हर्दियो
बे-मतलब भो मुसुक्क हाँसो कोरकाले छेक्दियो ।।
खान-पान, भेट-घाट टुट्यो आफन्तीहरु बीच
जन्मदिन, एनीभर्सरी सब्द मात्रै फेसबुक भित्र
चाउरीए इच्छा जति सबै फुर्ति फार्ती लत्रियो
बे-मतलब भो मुसुक्क हाँसो कोरकाले छेक्दियो ।।
नबुझिदा बोलि एकापसमा कानलाई सास्ती भो
एकथोक बोल्दा अर्कै थोक सुन्ने अनर्थ बढ्दैइगो
कहिले सम्म भिरी यो कोर्को मुन्टो बटार्नमा परियो
बे-मतलब भो मुसुक्क हाँसो कोरकाले छेक्दियो ।।
देखेर पनि कसैले कसैलाई झट्ट चिन्न सकेन
हो कि हो कि मात्रै आशंका तर एकिन भएन
त्रासै त्रास भो सर्बत्र तर खै प्याश मेट्न सकिएन
बे-मतलब भो मुसुक्क हाँसो कोरकाले देखिएन ।।
चापाकाेट, स्याङ्जा, हाल : भर्जिनिया अमेरिका
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


