गण्डकी प्रदेशमा ११ संक्रमित थपिए, थप १ जनाकाे मृत्यु ।
गण्डकी प्रदेशमा ११ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान विज्ञप्ति जारी गर्दै साे जानकारी दिएकाे हाे ।
साथै याे प्रदेशमा काेराेना संक्रमित थप १ जनाकाे मृत्यु भएकाे छ । नवलपुर जिल्ला देवचुली नगरपालिका १ का ६४ बर्षीय पुरुषकाे चितवनकाे भरतपुर अस्पतालमा उपचार गर्दा गर्दै मगलबार साँझ मृत्यु भएकाे निर्देशनालले जनाएकाे छ ।
उनी मृगाैला राेगी समेत थिए । श्वासप्रश्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि निकाे हुन नसकेकाे जनाइएकाे छ । याेसँगै गण्डकीमा मृतककाे संख्या २२ पुगेकाे छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


