स्याङ्जा सहित गण्डकी प्रदेशमा आज मात्रै थपिए ९१ जना संक्रमित,दुई जनाको मृत्यु ।
स्याङ्जा :
गण्डकी प्रदेशमा सोमबार ९१ जना कोरोना संक्रमित थपिएकाछन । त्यस्तै थप दुई जना संक्रमितको ज्यान गएको छ ।
यो सहित गण्डकीमा ३ हजार ६४ जनामा हालसम्म कोरोना पुष्टि भएको छ ।
आइतबार सबै भन्दा धेरै कास्कीमा ५४ जना थपिएकाछन् त्यस्तै तनहुँमा १८ जना,गोरखामा नौं जना, नवलपरासी बर्दघाट सुस्ता पूर्बमा चार जना, लमजुङमा ३ जना, बाग्लुङमा दुई जना र स्याङजाका एक जनामा कोरोना पुष्टी भएको हो ।
यस्तै थप दुई जनाको मृत्यु भएको छ । नवलपरासी बर्दघाट सुस्ता पूर्बका दुई जनाको मृत्यु भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार नवलपरासी बर्दघाट सुस्ता पूर्बको मध्य बिन्दु नगरपालिका वडा नम्वर १ का ६० बर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । निमोनिया र श्वासप्रश्वासका बिरामी उनको रुपन्देहीको लुम्बिनी अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
त्यस्तै गैडाकोट ९ का ६२ बर्षका एक महिलाको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यो सहित गण्डकीमा हालसम्म २९ जनाको कोरोना संक्रमितकाे मृत्यु भएको छ ।
.

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


