गण्डकी प्रदेशमा बुधबार थपिए ४७ जना कोरोना संक्रमित ।
स्याङ्जा :
कास्कीमा ३० सहित प्रदेशभर ४७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार ६ जिल्लाका ४७ जनामा कोरोना पुष्टि भएको हो ।
कास्कीका ३०, बागलुङका ७, नवलपुरका ५, तनहुँका ३, गोरखा र लमजुङका १/१ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।
कास्कीका सबै संक्रमित पोखरा महानगरपालिकाका हुन् । संक्रमण पुष्टि हुनेमा वडा प्रहरी कार्यालयका ७ प्रहरी पनि छन् ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३९ सय १० पुगेको छ । तीमध्ये २७ सय ३५ संक्रमित निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


