स्याङ्जाका २२ जनासहित गण्डकी प्रदेशमा थपिए ६९ काेराेना सङ्क्रमित ।
स्याङ्जा : गण्डकी प्रदेशमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार स्याङ्जाका २२ जना, कास्कीका २० जना, नवलपरासी सुस्तापूर्वका १३ जना, तनहुँका ७ जना, बाग्लुङका ३ जना, लमजुङ र गोरखाका दुई/दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये २ जना स्वास्थ्यकर्मी छन् भने २ जना फाइनान्समा काम गर्ने कर्मचारी रहेका छन् । सङ्क्रमितमध्ये एक हजार सात सय ६६ जना निको भएका छन् भने १८ जनाको ज्यान गएको छ ।
यो पनि हेर्नुहोस् :
- –स्याङ्जाका नयाँ सङ्क्रमित : प्रहरीले समातेका १९ जना जुवाडे सहित एक सरकारी कर्मचारी ।
- –कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि मालपोत कार्यालय स्याङ्जा र वालिङ शिल ।
- –स्याङ्जामा एकै पटक थपिए २२ जना सङ्क्रमित ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारको जमानत जोगाउन सकेनन्
४ दिन अगाडि
स्याङ्जा : स्याङ्जा क्षेत्र नं. १ मा ९ जना उम्मेदवारले जमानत जोगाउन सकेनन् । क्षेत्र नं. १ मा १ जना…


