गण्डकीमा कोरोना संक्रमितको संख्या २६ सय ६० पुग्यो ।

corona update

पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय ६० पुगेको छ । 

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ ३८ र अर्काे सूचना अनुशार गाेरखामा थप १० जना संक्रमित थपिएसँगै दुई हजार ६ सय ६० जना पुगेको हो ।

नयाँ संक्रमितमा पोखरा महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत एक बिरामी छन् । यस्तै पार्कल्यान्ड अस्पतालका कार्यरत एक चिकित्सकमा पनि संक्रमण देखिएको छ । 

यस्तै पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रालिमा कार्यरत २० महिला र ४ पुरुषमा पनि संक्रमण देखिएको छ । अन्य सबै संक्रमित व्यक्तिहरु कन्टयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । सबै संक्रमितलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जनाएका छन् ।

.

Facebook Comments Box
TOP