स्याङजा सहित गण्डकी प्रदेशमा थपिए ४४ संक्रमित ।

गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा शनिबार थप ४४ जनामा कोरोना पुष्टि भएको हो ।
नयाँ संक्रमितहरुमा कास्कीका २२ जना, लमजुङका १७ जना, बाग्लुङक ३ जना, स्याङजा र नवलपरासी पूर्वका एक एक जना रहेका छन् ।
स्याङ्जाका संक्रमित गल्याङका ३८ बर्षका पुरूष हुन् ।
कास्की जिल्ला, पोखरा महानगरपालिकाका २ जना महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पृथ्वी चोकमा कार्यरत कर्मचारी हुन् ।त्यस्तै एक पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।
त्यस्तै लमजुङ जिल्ला, बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरु हुन् ।
अन्य सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १७७३ रहेको छ भने निको हुने दर ७२.४५ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
त्यस्तै प्रदेशमा अहिलेसम्म २४४७ जना संक्रमित भएका छन् भने गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
.

समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…