गण्डकी प्रदेशमा ज्यान गुमाउने कोरोना संक्रमितकाे संख्या १९ पुग्यो ।
कास्की : गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी एक वृद्धामा कोरोना पुष्टि भएको छ । ब्रेन ह्यामरेज भएर शनिबार अस्पताल भर्ना भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीया वृद्धामा आइतबार कोरोना पुष्टि भएको हो ।
योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । कास्कीका ५, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार पाँच सय ३१ पुगेको छ । तीमध्ये १७ सय ८५ जना निको भएका छन् ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


